• Saturday, June 21, 2025

डोनाल्ड ट्रम्प प्रशासनले लस एन्जलसमा २ हजार नेसनल गार्डलाई परिचालन


काठमाडौँ। शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लस एन्जलसमा २ हजार नेसनल गार्डलाई परिचालन गर्ने निर्णय लियो । प्राकृतिक विपत्ति वा हिंसा भड्किन सक्ने जस्ता अत्यावश्यक अवस्थामा खटाइने नेसनल गार्ड परिचालन गर्नुपर्ने अवस्था किन आयो त ?

कागजातिविहीन आप्रवासीहरुलाई देश निकाला गर्ने क्रममा लस एन्जलसमा सयौं प्रदर्शनकारीहरु सडकमा उत्रिएपछि ट्रम्प प्रशासनले यस्तो निर्णय गरेको हो । अमेरिकी सेनाको एक विशेष शाखाको रुपमा रहेको नेसनल गार्डको परिचालन विशेष अवस्थामा मात्रै गरिन्छ । नेसनल गार्ड नै खटाउनुपर्ने अवस्थापछि के लसएन्जलसमा हिंसा भड्किन सक्ने परिस्थिति बनेको हो भन्नेजस्ता प्रश्नहरु पनि उब्जिएका छन् ।इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइसी) ले कागजातिविहीन आप्रवासीहरु बसेका क्षेत्रमा छापा मार्न सुरु गरेपछि स्थिति भड्किएको हो । आइसी संघीय सरकारको यस्तो निकाय हो जसले अवैध रुपमा बसेका आप्रवासीहरुको पहिचान र देश निकाला जस्ता कामहरु गर्ने गर्छ । राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेपछि ट्रम्पले अवैध आप्रवासीहरुलाइ देश निकाला गर्ने अभियान नै सुरु गरेका थिए । बीबीसीले आइसीले एक लाख भन्दा धेरै 'अवैध' आप्रवासीहरुलाई पक्राउ गरिसकेको लेखेको छ ।लसएन्जलसका कैयौ स्थानमा कागजातविहीन आप्रवासीहरु र आप्रवासनसम्बन्धी काम गर्ने सरकारी निकायका कर्मचारीबिच झडप भएका खबरहरु सार्वजिनक भएका थिए । रक्षा सचिव पिट हेगसेथले हिंसा जारी रहेको खन्डमा ड्युटी सैनिक पनि परिचालन गरिने बताउँदै सैनिकहरु उच्च सतर्क अवस्थामा रहेको बताएका छन् ।अलजजिराले केही स्थानमा प्रर्दशनकारीहरुले मेक्सिकोको झन्डा फरफराएको र उनीहरुले सुरक्षाकर्मीमाथी ढुंगा र बोतल प्रहार गरेको र कारमा आगो लगाएको उल्लेख गरेको छ । प्रदर्शनकारीहरु पक्राउ पर्ने क्रम सुरु भएपछि उनीहरु संघीय डिटेन्सन केन्द्र बाहिर जम्मा भएर नाराबाजी समेत गरेका थिए । केहीले भने आइसी बिरुद्द लेखिएका प्लेकार्डसमेत देखाएका थिए ।ह्वाइट हाउसले भने नेशनल गार्ड परिचालन गर्नुपर्ने अवस्था आउनुमा हिंस्रक भीड जिम्मेवार रहेको बताउँदै आइसीका कर्मचारीमाथी आक्रमण भएको बताएको छ । ह्वाइट हाउसले आफूले चालेका कदमहरु अत्यन्तै जरुरी भएको बताउँदै गैरकानुनी रुपमा अमेरिकामा बसेका अपराधीहरुलाइ निस्तेज पार्न र बढ्दो हिंसाबाट अमेरिकी नागरिकहरुलाई सुरक्षित राख्न यो काम जरुरी रहेको बताएको छ । राष्ट्रपतिले नेसनल गार्ड परिचालन यसैका कारण गरेको पनि ह्वाइट हाउसले बताएको छ ।

Please Login to comment in the post!

you may also like