• Tuesday, August 5, 2025

पेट्रोलको मूल्य घट्यो, डिजेल र मट्टीतेलको बढ्यो


काठमाडौं । नेपाल आयल निगमले इन्धनको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ। शुक्रबार बिहानदेखि लागू हुने नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य घटाइएको छ भने डिजेल र मट्टीतेलको मूल्यमा वृद्धि गरिएको छ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ। यता, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाइएको हो। खाना पकाउने एलपी ग्यासको खुद्रा मूल्य भने परिवर्तन गरिएको छैन।

पेट्रोलको नयाँ मूल्य अनुसार:

पहिलो वर्गका लागि प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा

दोस्रो वर्गका लागि १५८ रुपैयाँ

तेस्रो वर्गका लागि १५९ रुपैयाँ तोकिएको छ।

डिजेल र मट्टीतेलको नयाँ मूल्य यसप्रकार छ:

पहिलो वर्गका लागि प्रतिलिटर १४७ रुपैयाँ ५० पैसा

दोस्रो वर्गका लागि १४९ रुपैयाँ

तेस्रो वर्गका लागि १५० रुपैयाँ।

निगमले वर्गीकरण यसरी गरेको छ:

पहिलो वर्ग: चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज

दोस्रो वर्ग: सुर्खेत र दाङ

तेस्रो वर्ग: काठमाडौं, पोखरा र दीपायल डिपो

यसअनुसार मूल्यमा हेरफेर गरिएको निगमले जानकारी दिएको छ।

Please Login to comment in the post!

you may also like