• Tuesday, August 5, 2025

‘The Fun2sss Show’ ले ल्याउँदै Improv Comedyको नयाँ स्वाद,कैलाश कार्कीको निर्देशनमा चाँडै आउँदै


काठमाडौं | नेपाली दर्शकहरूका लागि हाँसो, रमाइलो र प्रतिस्पर्धाले भरिएको नयाँ कमेडी रियालिटी शो ‘The Fun2sss Show’ चाँडै सार्वजनिक हुने भएको छ। कार्यक्रमको निर्देशन कैलाश कार्कीले गर्नेछन् भने होस्टको भूमिकामा सन्तोष थापा रहनेछन्।

शोको बारेमा विस्तृत जानकारी दिँदै हिजो विश्वज्योति मलमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो, जहाँ चर्चित कलाकारहरू दीपाश्री निरौला, विशाल भण्डारी, साजन, सुमन, भरतमणिलगायत अन्य कलाकारहरूको उपस्थिति रहेको थियो।

निर्देशक कार्कीका अनुसार यो नेपालमा पहिलो पटक प्रस्तुत हुन लागेको “Improv Based Reality Show” हो, जसमा स्क्रिप्टभन्दा बढी कलाकारहरूको स्वतःस्फूर्त हाँसोमुखी प्रतिक्रिया देख्न पाइनेछ।

निर्देशक कार्कीका अनुसार शोमा २० एपिसोड रहनेछन्, जसलाई सिल्वर, गोल्ड र डाइमन्ड गरी तीन राउन्डमा बाँडिएको छ।। हरेक राउन्डमा ६ वटा एपिसोड रहनेछन् र राउन्डको अन्तिम एपिसोडमा एक जना प्रतिस्पर्धी बाहिरिनेछन्। त्यसपछि नयाँ राउन्डको पहिलो एपिसोडमा नयाँ प्रतिस्पर्धीको प्रवेश गरिनेछ।

यसरी १८ एपिसोडसम्म प्रतिस्पर्धा चल्नेछ भने १९ औं एपिसोडमा सेमिफाइनल र २० औं एपिसोडमा ग्रान्ड फिनाले आयोजना गरिनेछ। कार्कीका अनुसार यो शो नेपालमै पहिलो पटक प्रस्तुत हुने “Improv Based Reality Show” हो, जसले दर्शकलाई फरक स्वाद दिने अपेक्षा गरिएको छ।

कार्यक्रमको छायांकन निर्देशक (DOP) रोशन श्रेष्ठ, प्रोडक्सन हेड सुरज कोइराला, सह-निर्देशक सबिन लुइटेल र पोस्ट प्रोडक्सनको जिम्मेवारी राजु जंग बस्नेतले लिनेछन्। डिजिटल पार्टनरको रूपमा OSR Reality रहनेछ भने कार्यक्रमको प्रस्तुती Hills and Horizon Films ले गर्नेछ।

शोको अनोठो ढाँचा र प्रस्तुती शैलीप्रति दर्शकहरूमा उत्साह देखिएको छ। निर्देशक कार्की र सम्पूर्ण टिमलाई यो नवीनतम प्रोजेक्टको लागि दर्शक तथा उपस्थित कलाकारहरूले शुभकामना व्यक्त गरेका छन्।

Please Login to comment in the post!

you may also like