• Tuesday, August 5, 2025

क्यानद्वारा नेपाल प्रिमियर लिगको पहिलो सिजनको वित्तीय प्रतिवेदन सार्वजनिक


काठमाडौं,नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो सिजनको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा कुल आम्दानी २७,६९,६४,८१८.०० रूपैयाँ रहेको उल्लेख छ, जुनमा प्रतियोगिता खर्च २०,१५,७३,५५९.०० रूपैयाँ छ। राजस्व बाँडफाँडअघिको कूल आय ७,५३,९१,२५९.०० रूपैयाँ रहेको छ। ८ फ्रान्चाइज टिमलाई ५०% राजस्व (४,३७,४०,४७०.०० रूपैयाँ) वितरण गरेपछि बाँकी कूल राजस्व ३,१६,५०,७८९.०० रूपैयाँ रहेको छ। प्रदेश राजस्व बाँडफाँडमा ७०,००,०००.०० रूपैयाँ र क्यानले २,४६,५०,७८९.०० रूपैयाँ प्राप्त गरेको छ। क्यानले पहिलो एनपिएल सिजनको वित्तीय विवरण यसरी सार्वजनिक गरेको हो।

Please Login to comment in the post!

you may also like