टर्किस एयरलायन्स वर्ल्ड गल्फ कप एमेचेर सिरिज स्वदेश गुरुङले जितेका छन् । गोकर्ण फरेस्ट रिसोर्ट गल्फ क्लबमा शनिबार गुरुङले प्रभावशाली ४२ स्टेबलफोर्ड अंक बटुलेका थिए । यो उपाधि जितेसँगै उनी नोभेम्बरमा टर्कीको एन्टालयमा हुने टर्किस एयरलायन्स वर्ल्ड गल्फ कपका लागि नेपालको प्रतिनिधित्व गर्ने सुनिस्चित भएको टर्किस एयर्लाइन्स ले एक बिज्ञप्ति जारि गर्दै जनाएको छ ।आङ डेन्डी शेर्पा र प्रदीप केसी केवल एक अंकले स्वदेशभन्दा पछाडि रहेर क्रमश दोश्रो र तेस्रो स्थान हात पारे । दुवैले समान ४१ स्कोर गरेका थिए । ब्याक नाइटमा २० स्कोर गरेका कारण आङ डेन्डीको रनर अप को उपाधि निश्चित बन्यो भने । प्रदीपले ब्याक नाइनमा १९ स्कोर गरेर आफुलाई तेस्रो स्थानमा सुरक्षित राखे।
वाङचेन ढोन्डुपले बेस्ट ग्रसको उपाधि जिते । उनले कुल ४१ ग्रस अंक बटुलेका थिए । मनोहरदास मुल र विपना श्रेष्ठ क्लोजेस्ट टु द पिनमा क्रमशः पुरुष र महिलातर्फ विजेता बने । टर्किस एयरलायन्सको प्रायोजनमा भएको प्रतियोगितामा ८४ गल्फरले ३/४ ह्यान्डिक्यापका आधारमा खेलेको टर्किस एयर्लाइन्सको मिडिया ब्रिफ़िङ्ग नोट मा उल्लेख छ । टर्किस एयरलायन्स काठमाडौंका महाप्रबन्धक सेर्कन बसर, सेल्स म्यानेजर बेनाजिर खान, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नथान लगायातको उपस्थितिमा एक समारोह आयोजना गरी विजेता खेलाडीलाई पुरस्कार बितरण गरिएको टर्किस एयर्लाइन्सले जनाएको छ ।