• Saturday, June 21, 2025

अल-नासरमा आफ्नो तीनवर्षे यात्रा समाप्त भएको संकेत :- पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो


पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको फुटबल प्रो लिगको क्लब अल-नासरमा आफ्नो तीनवर्षे यात्रा समाप्त भएको संकेत गरेका छन्। 
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो अध्याय समाप्त भयो। कथा अझै लेखिँदैछ। सबैलाई धन्यवाद।’
यो पोस्टले क्लबसँग जुन २०२५ मा समाप्त हुने सम्झौता थप नहुने संकेत गरेको छ। 
४० वर्षीय रोनाल्डोले अल-नासरका लागि १०५ खेलमा ९९ गोल गरेका थिए। सोमबार अल फतेहविरुद्ध ३-२ को हारमा उनले आफ्नो अन्तिम गोल गरे, तर टोली अर्को सिजनको एएफसी च्याम्पियन्स लिगका लागि छनोट हुन असफल रह्यो र लिगमा तेस्रो स्थानमा रह्यो।
रोनाल्डोको अर्को गन्तव्यबारे विभिन्न चर्चा चलिहरेको छ। उनी अमेरिकामा अर्को महिना आयोजना हुने फिफा क्लब विश्वकपमा सहभागी ३२ क्लबमध्ये कुनै एकमा सामेल हुन सक्ने सम्भावना छ। 
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले रोनाल्डोको क्लब विश्वकपमा सहभागिताको आशा व्यक्त गरेका छन्। 

साथै लिओनल मेसी आबद्ध अमेरिकाको इन्टर मियामीमा जोडिने चर्चा पनि छ। यद्यपी रोनाल्डोले अमेरिकन लिग मेजर लिग सकरप्रति खासै रुचि नदेखाएको बताइएको छ।

यस्तै उनी करिअर सुर गरेको क्लब स्पोर्टिङ सीपी (पोर्चुगल) मा जाने पनि चर्चा छ। 

Please Login to comment in the post!

you may also like