• Saturday, June 21, 2025

राष्ट्रपति रामचन्द्र पौडेलसँग न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्स


काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्सले राष्ट्रपति भवन शीतल निवासमा बुधबार शिष्टाचार भेट गरेका छन्। 

भेटमा राष्ट्रपति पौडेलले नेपाल सन् २०३० सम्ममा मध्यम आए भएको मुलुक बन्नेतर्फ अग्रसर भएकाले यो लक्ष्य हासिल गर्न व्यापार, लगानी र विकास सहकार्यका लागि आग्रह गरेकाे उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।
नेपाल र न्युजिल्याण्ड विभिन्न अन्तरराष्ट्रिय विषयहरूमा साझा धारणासहित बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्दै आएको स्मरण गर्दै उनले स्तरोन्नतितर्फको यात्रालाई दिगो बनाउन व्यापार, लगानी र विकास सहकार्यका सन्दर्भमा न्युजिल्याण्डबाट सहयोगको अपेक्षा गरेकाे बताए।

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको सङ्कटबाट दुवै देश मारमा परेको बताउँदै हिमालय क्षेत्रको जनजीवन  बचाउनका लागि मिलेर काम गर्न आग्रह गरे। न्युजिल्याण्डका पर्यटकले नेपाललाई एक पर्यटकीय गन्तव्य मुलुकको रूपमा पहिचान गरेको उनको भनाइ थियो।
सो अवसरमा न्युजिल्याण्डका उपप्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यमा नेपालले पुर्‍याएको योगदानको प्रशंसा गर्दै अन्तरराष्ट्रिय सम्बन्धमा साना देशहरुको भूमिका पनि महत्त्वपूर्ण हुनेमा आफूहरू विश्वस्त रहेको बताए। 


Please Login to comment in the post!

you may also like