• Saturday, June 21, 2025

हज यात्री लाई बिधाई गर्न पर्यटन मन्त्री बिमानस्थलमा


इस्लाम पवित्र तीर्थस्थल साउदी अरेबियाको मक्का र मदिना हज गर्न जान लागेका नेपाली हजयात्रीहरूलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष कार्यक्रमबीच बिदाइ गरिएको छ ।हजयात्रीको समूहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विमानस्थलमा बिदाइ गरे । सफल, सुरक्षित र अर्थपूर्ण हज यात्राको शुभकामना व्यक्त गर्दै उनले हज यात्रालाई केवल धार्मिक अभ्यास मात्र नभई राष्ट्रको अन्तर्राष्ट्रिय प्रतिष्ठा प्रवर्द्धन गर्ने अवसरको रूपमा पनि लिनुपर्ने धारणा व्यक्त गरे ।मन्त्री पाण्डेले हज व्यवस्थापन, यात्रीहरूको सुरक्षालगायत सम्पूर्ण प्रक्रिया व्यवस्थित र मर्यादित बनाउने सरकारको प्रतिबद्धता दोहोर्‍याए । उनले हजयात्रीहरूलाई अनुशासित, सहिष्णु र नेपाली पहिचान झल्काउने व्यवहारका साथ पवित्र भूमिमा प्रतिनिधित्व गर्न आग्रह समेत गरे ।यस वर्ष हजमा ४० भन्दा बढी नेपाली हजयात्रीको सहभागिता रहने जनाइएको छ । तीर्थयात्रीहरूलाई सहज रूपमा हज यात्रा सम्पन्न गराउन नेपाल सरकार, मुस्लिम आयोग र सम्बन्धित निकायहरूबीच समन्वय भइरहेको छ ।

Please Login to comment in the post!

you may also like