कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ परेका छन। जिल्ला प्रहरी कार्यालय धनुषाले दोहोरो नागरिकता प्रकरणमा जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी लिएको थियो ।
दोहोरो नागरिकता बनाएको आरोपमा उनीविरुद्ध धनुषा अदालतमा यसअघि नै मुद्दा दर्ता भइसकेको छ । प्रहरीले सिरोहीको खोजी गरिरहेको छ । प्रहरीले खोजी गरेसंगै उनी फरार भएका थिए ।
आफ्नो दोहोरो नागरिकताका कारण अफ्ट्यारो पर्ने भएपछि सिरोहिया सर्वोच्च अदालतमा पनि पुगेका थिए । जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा मंगलबार सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गरेको हो ।
१६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो ।