हिजो बेलुका देखि परेको अबिरल बर्षा का कारण दिल्ली बिमानस्थल डुबानमा परेको छ। आज दिउँस दुई बजे सम्मको लागि सम्पुर्ण उडान तथा अवतरण बन्द गरिएको बिमानस्थल स्रोतलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यामले जनाएका छन। बिमानस्थल भित्रको क्यानोपी बर्षा कै कारण ढल्दा केही घाइते भएको जनाइएको छ। अरु क्षति को विवरण आउने क्रम जारी रहेको बताइएको छ।