• Saturday, June 21, 2025

अनलाइन र समाजिक संजाल बिकृत बनेको भन्दै कडाइ गर्न काउन्सिल तयार रहेको अध्यक्ष बस्नेतको भनाइ


प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले भ्रामक र तथ्यहीन सूचना फैलाउनु देशकै लागि घातक हुने भएकाले त्यस्ता सञ्चारमाध्यमलाई कालोसूचीमा लैजाने चेतावनी दिएका छन् ।

अनलाइन र सामाजिक सञ्जालमार्फत अफवाहपूर्ण र एकपक्षीय सूचना बढी प्रवाह भएको पाइएको औंल्याउँदै अध्यक्ष बस्नेतले त्यस्ता माध्यमलाई कालोसूचीमा राख्ने प्रक्रिया थालिएको जानकारीसमेत दिए । नयाँ खुलेका अनलाइन सञ्चार माध्यमका सम्पादक, सञ्चालकलाई बिहीबार काउन्सिलमा बोलाएर पत्रकार आचारसंहिताको विषयमा अभिमुखीकरण राखिएको थियो ।

सोही क्रममा बोल्दै अध्यक्ष बस्नेतले राम्रो काम गर्नेलाई पुरस्कार र अटेर गर्नेलाई कडा कारबाही थालिएको बताए । ‘समाचार माध्यमका नाममा अपुष्ट सामग्री दिने, असन्तुलित र पूर्वाग्रहपूर्ण सामग्री पस्किने काम भइरहेका छन् । गालीगलौज, अश्लिल र बनावटी सामग्री पनि पाइएका छन् । त्यस्ता कुनै पनि माध्यमलाई काउन्सिलले अब कालोसूचीमा राख्दै छ,’ उनले भने ।

नयाँ खुलेका अनलाइन दिगो र बलियो बनाउन विश्वसनीय र परिपक्व पत्रकारिता हुनुपर्ने उनको भनाइ थियो । नयाँ अनलाइन सञ्चालन गर्नुअघि काउन्सिलले नियमित अभिमुखीकरण गर्दै आएको छ । ‘भ्युअर्स’को लोभमा लागेर गलत समाचार लेख्दा देशलाई नै आघात पुग्नेतर्फ उनले सबैको ध्यानाकर्षण गराए ।

काउन्सिलका सदस्य दुर्गा भण्डारीले काउन्सिलले जारी गरेका विभिन्न निर्देशिका’bout जानकारी दिइन् । उनले अपांगामैत्री सञ्चार निर्देशिका–२०७३, बालमैत्री सञ्चार निर्देशिका–२०७३,महिला उत्तरदायी सञ्चार निर्देशिका, २०७६ र ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका– २०७८ सालमा भएका प्रावधान’bout प्रशिक्षण दिएकी थिइन् । अनलाइनखबर डटकमका सम्पादक बसन्त बस्नेतले विषयगत प्रस्तुति राख्दै प्रविधिको फड्कोले सबैलाई मूलप्रवाहमा ल्याउने अवसर दिएको बताए ।

उनले अनलाइन पत्रकारितामा विश्वसनीयताको खडेरी देखिएको, मेहनत र खोजीपना कम हुँदै गएको औंल्याएका थिए । ‘काउन्सिलले जारी गरेका आचारसंहिता, पत्रकारिताका आधारभूत पक्ष नभुली कार्य क्षेत्रमा उत्रिए यो पेसामा सम्भावना अझै छ,’ सम्पादक बस्नेतले भने ।

बस्नेतले सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावका विषयमा समाचार लेख्दा विशेष ख्याल गर्नुपर्नेमा जोड दिए । विभिन्न ४५ वटा अनलाइनका सञ्चालक र सम्पादक सहभागी कार्यक्रमको सहजीकरण काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले गरेका थिए ।

Please Login to comment in the post!

you may also like