बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि २ अर्ब ६२ करोड रुपैंया विनियोजन गरिएको छ।
आगामी आर्थिक बर्ष २०८१÷०८२ को बजेट वक्तव्य प्रस्तुत गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले कृषि मन्त्रालयका लागि उक्त बजेट विनियोजन गरिएको बताएका हुन्।