नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।
घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ ।