नेपाल पौडी संघद्वारा आयोजित दोस्रो नेपाल एक्वाटिक्स च्याम्पियनसिपको पहिलो दिन चार वटा राष्ट्रिय कीर्तिमान बनेका छन्।
अन्तर्राष्ट्रिय खेलकुद परिसरको इन्डोर पुल सातोदोबाटोमा शनिबार महिला ८०० मिटर फ्रीस्टाइलमा त्रिभुवन आर्मी क्लबकी डुवानाले १० मिनेट
०६.९२ सेकेन्डको समयका साथ नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन्।
यसले अदिती धितालले
२०१३ मा कायम गरेको ११ मिनेट
४०.४६ सेकेन्डको अघिल्लो कीर्तिमान तोडिएको छ।
यसै स्पर्धामा नेपाल एपिएफ क्लबकी आर्या महर्जनले पनि १० मिनेट
४६.७४ सेकेन्डको समयका साथ
२०१३ को अघिल्लो राष्ट्रिय कीर्तिमानलाई पछि पारिन्।
नेपाल पुलिस क्लबकी देवांशी जोशीले २०० मिटर बटरफ्लाईमा ३ मिनेट ००.१९ सेकेन्डको समयका साथ नयाँ राष्ट्रिय कीर्तिमान बनाइन्। यसअघि यो कीर्तिमान स्वस्तिका भण्डारीको २०२३ मा कायम गरिएको ३ मिनेट ०६.४५ सेकेन्डको थियो।