• Saturday, June 21, 2025

कान्तिपुर पब्लिकेसन्सका सुरक्षागार्ड मृत भेटिए


कान्तिपुर पब्लिकेसन्स विराटनगरस्थित क्षेत्रीय कार्यालयमा कार्यरत् एक सुरक्षा गार्ड कार्यालयमै मृत अवस्थामा भेटिएका छन् ।

सुरक्षा गार्ड बलबहादुर बस्नेत सेक्युरिटी गार्डको क्वाटरमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले बताएको छ । कान्तिपुरको क्षेत्रीय कार्यालय मोरङ बूढीगंगा-४ मा छ । बस्नेतको घर सुन्दरहरैँचा नगरपालिका-९ मा पर्छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिहान ११ बजे घटनाबारे जानकारी आएको थियो ।

पालो दिनलाई अर्को सुरक्षागार्ड आउँदा ढोका नखुलेपछि पर्खाल नाघेर हेर्दा झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरिएको बताइएको छ । अहिले आफन्त आएपछि ढोका खोलेर प्रहरीले मुचुल्का तयार पारिरहेको छ ।

Please Login to comment in the post!

you may also like