काठमाडौ। मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराजलाई जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएको छ। काठमाडौं जिल्ला अदालतको आदेशमा उनलाई थुनामा पठाइएको हो। न्यायाधीश पिताम्बर शर्माको इजलासमा थुनछेक सम्बन्धी बहसपछि यस्तो आदेश आएको हो।
एक युवतीले अहिराजविरुद्ध जबरजस्ती करणीको आरोप लगाउँदै उजुरी दिएकी थिइन्। युवतीले अहिराजले धम्की दिँदै जबरजस्ती करणी गरेको आरोप लगाएकी छन्। उनले झन्डै १० दिनअघि काठमाडौंबाट पक्राउ परेका थिए।