• Saturday, June 21, 2025

निर्माण कम्पनी बिरुद्ध सम्पति शुद्धिकरणमा मुद्दा


प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी कसूरमा ध्रुव कन्स्ट्रक्सन प्रा.लि.का सञ्चालक ध्रुव देव विरुद्ध उच्च अदालत पाटनमा १ अर्ब २० करोडको मुद्दा मुद्दा दायर गरेको छ ।साेमबार सञ्चालक देवलाई १ अर्ब २० करोड ९२ लाख ३० हजार ५ सय असुल उपर गर्न तथा कैद सजायको मागदावी गर्दै  उच्च अदालत पाटनमा अभियोगपत्र दायर गरिएको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले बिजिनेसप्रेसलाई बताए । 


काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ नयाँ बानेश्वरस्थित ठेका पट्टा, कन्सल्टेन्सी सेवा तथा कन्स्ट्रक्सन सामान खरिद बिक्री कारोबार गर्ने ध्रुव कन्स्ट्रक्सन प्रा.लि. का सञ्चालक ध्रुव देवले वस्तु तथा सेवाको हस्तान्तरण नगरी बिल वीजक मात्र जारी गरेको, खरिद कारोबारको भुक्तानी बैकमार्फत नगरेको, बीजकहरु सिलसिलेवार जारी नगरेको, मूल्य अभिवृद्धि कर विवरण र आय विवरण दाखिला नगरेको मूल्य अभिवृद्धि कर तथा आयकर तर्फ झुट्टा विवरण पेश गरेको, मालसामान खरिदको स्रोत पुष्टि नभएको तथा नेपाल सरकारलाई नियमानुसार तिर्नु बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर तथा आयकर लगायतका राजस्व नतिरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ विपरित कार्य गरेको अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ । यश बारे कम्पनी प्रमुख लाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।

Please Login to comment in the post!

you may also like