• Saturday, June 21, 2025

अमेरिकामा चार नेपाली घरभित्रै मृत भेटिए


काठमाडौं। अमेरिकामा चार जना नेपाली घरभित्रै मृत भेटिएका छन्। अमेरिकाको भर्जिनिया राज्यस्थित मनसास पार्क सहरको एक घरमा चार नेपाली मृत भेटिएको स्थानीय सञ्चार माध्यम एनबिसी वासिङ्टनडटकमले जानकारी दिएको हो।
मृतकमध्ये एक महिला, एक पुरुष र दुई बालबालिका रहेको बताइन्छ। उनीहरू चारै जना गोली लागेको अवस्थामा मृत भेटिएको प्रहरीलाई उद्धृत गर्दै एनबिसी वासिङ्टनमा उल्लेख छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा परियार र अन्जु श्रेष्ठ रहेका छन् भने ८ वर्षीया बालिका र दुई वर्षका बालकको नाम खुलेको छैन। ‘यो हत्यापछि आत्महत्या हुन सक्ने अनुमान छ। यसबारे अनुसन्धान भइरहेको छ,’ घटनापछि मनसास प्रहरीले भनेको छ।

घरको भुइँतलामा बस्दै आएका थिए। घरबेटीले शंका लागेर प्रहरीलाई सूचना दिएको बताइएको छ। प्रहरीले गोली लागेको अवस्थामा चार जनाको शव फेला पारेपछि घटनास्थल सुरक्षित गरेर प्रारम्भिक अनुसन्धान थालेको छ।

Please Login to comment in the post!

you may also like