गोरखा बाट निर्बाचित नेपाली कांग्रेसका प्रभावशालि युवानेता राजेन्द्र बजगाईँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले करोड रकम लिएर क्यासिनोको लाइसेन्स बाँडेको दाबी गरेका छन् ।
प्रसिद्ध पर्यटन व्यवसायी समेत रहेका बजगाईँले भैरहवास्थित रोयल टाइगर रिक्रियसन प्रालिलाई क्यासिनो सञ्चालन इजाजतपत्र दिँदा घुस खाएको आरोप लगाएका हुन् ।
बजगाईँले क्यासिनो सञ्चालन अनुमतिपत्र समेत सार्वजनिक गर्दै समाजिक संजाल एक्समा लेखेका छन्- "एक क्यासिनो सञ्चालकले हामीहरूलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको पुष्टि गरे । मन्त्रीले कांग्रेस नेताको घरमा पैसा पठाउन निर्देशन गर्यो । उपरोक्त नेताले त्यो पैसा फिर्ता पठायो । मन्त्री भ्रष्ट क्यान कर्मचारी हटाउन चाहन्थेँ सभापति र उहाँको परिवारले दिएनन् भन्दै हिँड्छ । यो झुट हो किनभने सभापति ,गृह ,परराष्ट्रमन्त्री आफैँ क्यान छुट्याउने विषयमा प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दै गर्दा १५ सांसद साक्षी छौं ।"
पछिल्लो समय सांसद बजगाईँलेउड्डयन क्षेत्रका बिकृती विरुद्ध आवाज उठाइरहेका छन। संसद बजगाइले बर्तमान पर्यटनमन्त्री बद्री पाण्डे असफल, असक्षम र नालायक भएको भन्दै हवाई टिकटमा भएको अचाल्की मुल्यबृद्दी विरुद्ध माइतीघरमा प्रदर्शन समेत गरेका थिए ।
उनले क्यासिनो सञ्चालन अनुमति दिँदा घुस खाएको आरोप लगाएपछि यो घटना थप पेचिलो छ । पाण्डे मन्त्री भएपछि गत साउनमा क्यासिनोले अनुमति पाएको देखिन्छ । सो बेला पर्यटन बिभागको डिजि रमेश ढकाल थिए ।
क्यासिनो सञ्चालन अनुमतिपत्र लिँदा ४ करोडसम्म घुस लिने दिने प्रचलन छ । आफूले भैरहवा विमानस्थल चलाउन पूर्व तयारी भएन भन्दा मन्त्रीले आफ्नोविरुद्ध सामाजिक संजालमा स्पोन्सर प्रचार गरेको आरोप समेत लगाएका छन् ।
टाइगर प्यालेस होटल आफैँमा विवादमा छ । सार्वजनिक जग्गा मिचेर बनाएको होटलको विक्री तथा हक हस्तान्तरण नगरी यथास्थितिमा राख्न अदालतले आदेश दिएको छ । तर केही कांग्रेस नेताको रोहबरमा बुद्धि सुवेदीलगायत गैरआवासीय नेपालीहरूको एउटा समूहले विदेशमै सो होटल किनबेच गरेको थियो ।
त्यसमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग आयोग लाई नेपाल राष्ट्रबैंकले निर्देशन समेत दिएको छ । सोही होटललाई क्यासिनो अनुमतिपत्र दिँदा मन्त्रीले करोड करोड घुस लिएको आरोप सांसद बजगाईँले लगाएका छन् ।
सो होटलको क्यासिनोले रोयल्टी नबुझाएपछि तत्कालीन मन्त्री प्रेम आलेले बन्द गराएका थिए । रोयल्टी नतिरी विदेश भाग्न लागेका क्यासिनो सन्चालक माइक बोल्सेभरलाई विमानस्थलबाट फर्काएर रोयल्टी तिराइएको थियो ।
केही दिनअघि मन्त्री पाण्डेले सभापति शेरबहादुर देउवालाई भेटेर सांसद बजगाईँलाई सम्झाइदिन भनेका थिए । तर देउवाले ‘त्यसलाई नजिस्काउदै राम्रो हुन्छ’ भन्ने जवाफ दिएको निकटतम स्रोतले बतायो ।
मन्त्री पाण्डेले कांग्रेसका कुन नेताको घरमा पैसा पठाउन लगाए भन्ने सांसद बजगाईले खुलाएका छैनन् । गुट वा स्वार्थ ले यो आरोप आयो वा वास्तविकता नै यहि हो अनुसन्धान पछि आउने हुनाले यसबारे थप टिप्पणी जरुरी नरहेको एक काङ्ग्रेस नेताले बिजिनेस प्रेस लाई बताए।
पाण्डे डा.शेखर कोइराला र गगन थापा समूहको कोटाबाट मन्त्री बनेका हुन् ।