• Thursday, October 16, 2025

रौतहटको चन्द्रनिगाहपुरमा मंगलबार गोली प्रहार


रौतहठ —रौतहटको चन्द्रनिगाहपुरमा मंगलबार गोली प्रहार भएको छ l

सोमबारको प्रदर्शनका क्रममा भएको दमनविरुद्ध मंगलबार जेन–जी पुस्ताको विरोध प्रदर्शनमा प्रहरीले गोली प्रहार गरेको हो ।

प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । सोही क्रममा प्रदर्शनकारीले प्रहरीको गाडीसमेत जलाएका छन् । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले दर्जनौं हवाई फायर गरेको छ ।

घटनाको विवरण आउन बाँकी छ। चन्द्रनिगाहपुरको अवस्था अहिले तनावग्रस्त बनेको छ।

Please Login to comment in the post!

you may also like