जनकपुरधाम, भदौ २३ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बिहान प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका छन् ।सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि देशभर प्रदर्शन थप हिंसात्मक बन्दै गएको छ । जनकपुरधाममा पनि स्थिति तनावपूर्ण बनेको छ ।
बिहानैदेखि प्रदर्शनमा उत्रिएका युवाहरूको समूहले मुख्यमन्त्री कार्यालय घेराउ गर्दै ढुंगामुढा प्रहार गरेको हो । प्रहरीले प्रदर्शनकारीलाई रोक्ने प्रयास गरिरहेको छ । अहिले पनि प्रदर्शन जारी छ ।देशभर प्रदर्शनकारी र प्रहरीबीच झडपका घटनाहरू भइरहेका छन् । प्रदर्शन नियन्त्रण बाहिर जाँदै गर्दा देशभरको जनजीवन प्रभावित भएको छ ।