काठमाडौं, भदौ २३ । सरकारले गरेको दमनमा परी १९ जनाको मृत्यु भएपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्की लगायतका मानव अधिकारकर्मीहरूले सडकमा उत्रिएर आन्दोलनको अवस्था र घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन् ।देशभर आन्दोलन चर्किरहेका बेला मानव अधिकारकर्मीहरूले प्रदर्शनको स्थलगत अवलोकन गर्दै घाइतेहरूको अवस्थाबारे बुझिरहेका छन् । उनीहरूले विभिन्न अस्पतालहरूमा पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिँदै आन्दोलनकारीहरूसँग पनि छलफल गरिरहेका छन् ।यस क्रममा पूर्व प्रधानन्यायाधीश कार्कीले सरकारी दमनको चर्को आलोचना गर्दै तत्काल आन्दोलनकारीको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी छिन् । उनले शान्तिपूर्ण प्रदर्शनमाथि भएको दमन मानव अधिकारको गम्भीर उल्लङ्घन भएको बताएकी छन् ।
देशभर प्रदर्शन झन् हिंसात्मक बन्दै गएको र सरकारले दमनको नीति अख्तियार गरेपछि मानव अधिकारकर्मीहरूले सरकारलाई संयम अपनाउन र नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकारको सम्मान गर्न आग्रह गरेका छन् ।