• Saturday, October 18, 2025

जेन्जी आन्दोलन: देउवा निवासतर्फ अघि बढेका प्रदर्शनकारी, प्रहरीद्वारा कृष्णपाटी चोकमा रोकिए



काठमाडौं, भाद्र २४: सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारको विरोधमा जेनजी पुस्ताले सुरु गरेको आन्दोलनको दोस्रो दिन काठमाडौं उपत्यकामा प्रदर्शनकारीहरूको भिड बढेको छ। प्रदर्शनको क्रममा प्रदर्शनकारीहरूको एक समूह नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासतर्फ अगाडि बढेको छ।

उनीहरूलाई रोक्न प्रहरीले देउवा निवासभन्दा केही पर कृष्णपाटी चोकमा अवरोध खडा गरेको छ। प्रदर्शनकारीहरूले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै देउवा निवासतर्फ अघि बढ्न खोजेपछि प्रहरीले उनीहरूलाई रोकेको हो।

Please Login to comment in the post!

you may also like