जापानको कुमामोतो प्रिफेक्चरमा रहेको माउन्ट आसोका जापानका सबैभन्दा सक्रिय ज्वालामुखीहरू मध्ये एक हो। मंगलबार (जनवरी २०, २०२६) बिहान त्यहाँ पर्यटकीय हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। हेलिकप्टरमा तीन जना सवार थिए – ६४ वर्षीय अनुभवी जापानी पाइलट (४० वर्षको उडान अनुभव) र दुई ताइवानी पर्यटक (एक ४१ वर्षीय पुरुष र एक ३६ वर्षीया महिला)।हेलिकप्टर रबिन्सनले आसो सिटीको चिडियाघर ( बाट बिहान १०:५२ बजे (स्थानीय समय) १० मिनेटको छोटो पर्यटन उडानका लागि उडान भरेको थियो। यो उडान दिनको तेस्रो उडान थियो। पहिलेका दुई उडानहरूमा कुनै समस्या थिएन, तर यो उडानपछि हेलिकप्टर फर्किएन। अपरेटर कम्पनी Takumi Enterprise ले ११:५० बजे प्रहरीलाई जानकारी दियो।दिउँसो करिब ४:०० बजे प्रहरी हेलिकप्टरले माउन्ट आसोको नाकाडाके क्रेटरको भित्री ढिस्कोमा हेलिकप्टर जस्तै वस्तु देख्यो। पछि यो वस्तु नै हराइरहेको हेलिकप्टरको ध्वस्त अवस्था भएको पुष्टि भयो। हेलिकप्टर क्रेटरको उत्तरी ढिस्कोमा ठोक्किएको देखियो। दुर्घटनाको कारण अझै स्पष्ट छैन, तर त्यस दिन नाकाडाके क्षेत्रमा बादल लागेको र मौसम खराब थियो। ज्वालामुखी ग्यासहरू पनि जोखिमपूर्ण थिए।खोजी तथा उद्धार कार्य मंगलबार साँझ मौसम र विषाक्त ग्यासका कारण रोकियो, तर बुधबार बिहान फेरि सुरु भयो। Takumi Enterprise ले यो घटनापछि आफ्ना सबै हेलिकप्टरहरू ग्राउन्डेड (उडान रोकेको) गरेको छ। जापानको भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयले पनि आसो क्षेत्रमा मानवयुक्त उडानहरूको सुरक्षा प्रोटोकल समीक्षा गरिरहेको छ।माउन्ट आसो पर्यटनका लागि प्रसिद्ध छ – यसको ज्वालामुखी दृश्य हेर्न हेलिकप्टर टुर प्रमुख आकर्षण हो। तर यो घटना नयाँ होइन। सन् २०२४ मा पनि Takumi Enterprise को एउटा हेलिकप्टरले आपतकालीन अवतरण गर्दा तीन जना घाइते भएका थिए। माउन्ट आसो पछिल्लो पटक अक्टोबर २०२१ मा ठूलो विस्फोट भएको थियो।यो दुर्घटनाले जापानमा ज्वालामुखी क्षेत्रमा पर्यटकीय हेलिकप्टर उडानको सुरक्षा बारे प्रश्न उठाएको छ। प्रहरी र उद्धार टोलीहरूले पीडितहरूको अवस्था पत्ता लगाउने प्रयास जारी राखेका छन्। घटनाको थप विवरण आउन बाँकी छ।