रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले क्रेमलिन–सम्बद्ध अन्तर्राष्ट्रिय प्रसारण नेटवर्क RT अन्तर्गत नयाँ टेलिभिजन च्यानल RT India औपचारिक रूपमा सुरुआत गरेका छन्।पुटिनले आज जारी गरेको वक्तव्यमा भने,“रूसी अन्तर्राष्ट्रिय टिभी च्यानल RT भारतमा प्रसारण सुरु गर्दैछ, यसले भारतलाई रूसलाई अझ राम्रोसँग बुझ्न र हाम्रो देशमा अहिले के भइरहेको छ भन्ने थाहा पाउन मद्दत गर्नेछ।”RT India रूसी पक्षबाट भारतका दर्शकहरूलाई लक्षित प्रमुख समाचार स्रोतमध्ये एक मानिन्छ। च्यानलले पुटिनका यी टिप्पणीहरूलाई आफ्नो X (पूर्व ट्विटर) पोस्टमार्फत पनि प्रमुखतापूर्वक प्रसारित गरेको छ।
RT नेटवर्क रूस सरकारद्वारा वित्तपोषित हो र विगतदेखि नै अन्तर्राष्ट्रिय समाचार प्रवाहमा रूसको दृष्टिकोण प्रस्तुत गर्ने प्रमुख उपकरणका रूपमा हेरिने गरिएको छ। भारतमा नयाँ च्यानल सुरु हुनुलाई रूसी प्रभाव विस्तारको अर्को कदमको रूपमा विश्लेषण गरिँदैछ।