सूर्यदर्शन सहकारी ठगी काण्डमा पूर्वउपाध्यक्ष मीना गुरुङ गुरुङ पक्राउ परेकी छन्। उनलाई मंगलबार कास्की प्रहरीले घरबाटै पक्राउ गरेको हो। प्रहरीले गरेको अनुसन्धानपछि गएको शुक्रबार र आइतबार गरी जिल्ला अदालत कास्कीमा पेश गरिएीको अभियोजनपत्रमा मीनालाई पनि फरारको सूचीमा राखेर अभियोजन दर्ता गरिएको थियो।
उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र अदालत खुल्नासाथ अदालत पेश गरिने कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए।