• Saturday, June 21, 2025

देशै भरि तापक्रम ह्वात्तै बढ्यो,सतर्क रहन बिज्ञको सुझाव


संघीय राजधानी काठमाडौंको अधिकतम तापक्रम शनिबार ३३.६ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार (हिजो)को तुलनामा यो बढी हो । शुक्रबार काठमाडौंको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस मापन गरिएको थियो ।

महाशाखाले शनिबार बेलुका सार्वजनिक गरेको २० स्थानको विवरणमध्ये नेपालगन्जको अधिकतम तापक्रम सबैभन्दा बढी ४२.६ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार नेपालगन्जको अधिकतम तापक्रम ४१.१ डिग्री सेल्सियस थियो ।

शनिबार धनगढीको अधिकतम तापक्रम ४२.१, दिपायलको ४०.५, वीरेन्द्रनगरको ४०.३, भैरहवाको ३९.८, घोराहीको अधिकतम तापक्रम ३८.४ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार धनगढीको अधिकतम तापक्रम ४०.७, दिपायलको ३९.८, वीरेन्द्रनगरको ३८.५, भैरहवाको ४०.२, घोराहीको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस मापन गरिएको थियो ।दिनमा अझै तापक्रम बढ्ने अनुमान गरिएको छ । महाशाखाका अनुसार नेपालमा हालसम्मकै उच्च तापक्रम सन् १९९५ मा मापन गरिएको थियो । १९९५ जुन ५ मा धनगढीको अधिकतम तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो । सन् १९९५ मा नेपालगन्ज र भैरहवामा ४५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।

यस्तै, काठमाडौंको हालसम्मकै उच्च तापक्रम ३६.६ डिग्री सेल्सियस हो । सन् १९८९ मे ७ मा काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस पुगेको थियो । त्यसयता उक्त ‘रेकर्ड ब्रेक’ नभएको महाशाखाले जनाएको छ ।

Please Login to comment in the post!

you may also like