• Saturday, June 21, 2025

संसदमा राजनीति:सहकारी समस्या अध्ययन समिति को कार्यक्षेत्र को अन्तिम किनारा नलाग्दा सम्म संसद अनिश्चित


संघीय संसद्का महासचिबले प्रतिनिधि सभाको बैठक आजै दिउँसो २ बजेका लागि सारिएको जनाएका छन। यस अघि प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेको लागि बोलाइएको थियो।


नेपाली कांग्रेस लगायत विपक्षी दलले सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएका छन्। त्यसमा प्रमुख दलका शीर्ष नेताबीच सहमति जुटेको थियो।


उनीहरूले संसदीय छानबिन समितिको कार्यक्षेत्र तय गर्न कार्यदल गठन गरेका थिए। कानूनमन्त्री पदम गिरीको नेतृत्वमा गठन भएको कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन्।


संसदीय छानबिन समितिको कार्यक्षेत्र तय गर्न कार्यदलको बैठक बसिरहेको छ। बैठकमा अन्य विषयमा सहमति जुटे पनि गृहमन्त्री रवि लामिछानेको नाम राख्ने कि नराख्ने भन्ने विषयमा विवाद छ।


कांग्रेसले गृहमन्त्री लामिछानेको नाम राख्नुपर्ने जनाएको छ। सत्तारूढ दलले कसैको नाम नतोकी संसदीय छानबिन समितिको कार्यक्षेत्र तोक्नुपर्ने अडान लिएको छ। जसले गर्दा संसदीय छानबिन समितिको कार्यक्षेत्रमा सहमति जुट्न सकेको छैन। कार्यक्षेत्रबारे सहमति नजुट्दा प्रतिनिधि सभाको बैठक सारिएको हो।

Please Login to comment in the post!

you may also like