• Sunday, October 19, 2025

निष्पक्ष निर्वाचनमार्फत संविधानको रक्षा र सुशासन सुनिश्चित गर्नुपर्ने प्रमुख जिम्मेवारी : प्रदिप पौडेल


दशकौंको संघर्ष र बलिदानपछि आफ्नो संविधान आफैं लेख्ने नेपाली नागरिकको चाहाना साकार भएको यस ऐतिहासिक दिनले हामीलाई सदैव लोकतान्त्रिक मूल्य र मान्यताप्रति जागरूक गराउँछ।

संविधान नागरिक सहभागिताले जीवन्त हुने लोकतान्त्रिक दस्तावेज हो। समयको परिवर्तन र नागरिकको आकांक्षा तथा भावना बमोजिम निरन्तर परिस्कृत भइरहन्छ।  तर, आजको हाम्रो प्रमुख जिम्मेवारी भनेको निष्पक्ष निर्वाचनमार्फत संविधानको रक्षा गर्नु, भ्रष्टाचारको अन्त्य गर्नु र सुशासनको प्रत्याभूति दिनु हो। 

यो कार्यभार सम्पन्न गर्न निर्वाचन गराउने जिम्मेवारी लिएको वर्तमान सरकारलाई हामी सबैले सहयोग गर्नुपर्छ। मूल दायित्वबाट विचलित वा अलमल भएमा  खबरदारी गर्नु पर्दछ। भयरहित र निस्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गरी संविधान र लोकतन्त्रलाई सही मार्गमा ल्याउनु नै आजको अपरिहार्य आवश्यकता हो।

सडकमा उत्रिएर युवाहरूले भ्रष्टाचारमुक्त, स्वच्छ र जनमुखी राजनीति चाहेका थिए।संकल्प गरौं– यो बलिदानलाई हामी कहिल्यै खेर जान दिने छैनौं।

संविधान दिवसको सबैमा शुभकामना !

जय नेपाल !

Please Login to comment in the post!

you may also like