• Thursday, March 5, 2026

पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल निर्माण सम्पन्न


तनहुँ। पोखरा–मुग्लिन ३८ किलोमिटर सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १२ मध्ये ११ वटा पुल निर्माण सम्पन्न भएका छन्। सडक आयोजना कार्यालयका अनुसार म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण कार्य पूरा भएको हो।

उक्त खण्डमा १०५ वटा कल्भर्ट निर्माण भइसकेका छन्। हालसम्म सडक विस्तारको भौतिक प्रगति ५९.८९ प्रतिशत र वित्तीय प्रगति ४७.८० प्रतिशत रहेको छ। करिब ३० किलोमिटर भाग दुईतर्फी (चार लेन) तथा आठ किलोमिटर भाग एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको छ।

पूर्वी खण्ड (जामुने–मुग्लिन) को ४३ किलोमिटर सडक निर्माण कार्य भने अन्तिम चरणमा पुगेको छ।

Please Login to comment in the post!

you may also like