• Tuesday, March 3, 2026

वीरगन्ज भन्सारमा डाटाबेस आधारित भन्सार मूल्याङ्कन प्रणालीको सुरुवात


देशको सबैभन्दा ठूलो भन्सार कार्यालयका रूपमा रहेको वीरगन्ज भन्सार कार्यालयमा पनि अब डाटाबेसमा आधारित भन्सार मूल्याङ्कन प्रणालीको सुरुवात भएको छ । यसअघि विराटनगर भन्सार कार्यालयमा सफल परीक्षण गरिएपछि यो प्रणाली वीरगन्जमा विस्तार गरिएको हो, जसको उद्घाटन अर्थमन्त्री रामेश्वर खनालले शनिबार कात्तिक १५ गते गरेका छन् । यो प्रणाली सुरु भएसँगै वास्तविक आयात मूल्य र भन्सार मूल्याङ्कनबीचको भिन्नताले गर्दा व्यवसायीले भोग्दै आएको लेखापरीक्षण (Audit) समस्या समाधान हुने अपेक्षा गरिएको छ । साथै, यसले भन्सार विन्दुमा मूल्याङ्कनका कारण हुनसक्ने भन्सार चुहावटलाई रोक्न महत्त्वपूर्ण सहयोग पुर्‍याउने विश्वास कार्यालयले लिएको छ ।

Please Login to comment in the post!

you may also like