• Saturday, June 21, 2025

कपिलवस्तुमा चट्याङ लागेर एक महिलाको मृत्यु


काठमाडौ। कपिलवस्तुमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । विजयनगर गाउँपालिका–५, नौरंगियाकी अन्दाजी ४५ वर्षीया जन्ममती यादवको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले बताए।

डालपुर नयाँबस्ती गाउँनजिकै खेतमा भैँसी चराउने क्रममा बुधबार साँझ करिब साढे ५ बजेतिर अचानक चट्याङ लाग्दा घटनास्थलमै यादवको मृत्यु भएको उनले बताए। 

शवलाई पोस्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगन्ज लगिएको प्रहरीले जनाएको छ।

Please Login to comment in the post!

you may also like