• Sunday, October 19, 2025

जेन-जी आन्दोलन : मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति दिने सरकारको निर्णय


काठमाडौं । जेन-जी आन्दोलनमा मृत्यु भएकाहरूका परिवारलाई सरकारले प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ।


नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै उक्त निर्णय गरेकी हुन्। प्रधानमन्त्रीको निर्देशनअनुसार मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ उपलब्ध गराइने मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिए।


त्यस्तै, आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई निशुल्क उपचार गर्ने निर्णय पनि सरकारले गरेको छ। अर्यालका अनुसार यसअघि घाइते भएकाहरूको उपचार निःशुल्क रूपमा भइरहेकाे छ।


Please Login to comment in the post!

you may also like