• Tuesday, March 3, 2026

स्वास्थ्यमा सुधारपछि वरिष्ठ अभिनेता धर्मेन्द्र ब्रीच क्यान्डी अस्पतालबाट डिस्चार्ज, घरमै हुनेछ निगरानी


काठमाडौँ- बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र स्वास्थ्यमा सुधार भएपछि ब्रीच क्यान्डी अस्पतालबाट डिस्चार्ज भएका छन्। केही दिनदेखि अस्पतालमा उपचाररत ८८ वर्षीय धर्मेन्द्रलाई चिकित्सक टोलीले स्थिर अवस्थामा रहेको र स्वास्थ्यमा सकारात्मक प्रगति देखिएको बताएपछि आज बिहान करिब ७:३० बजे अस्पतालबाट घर पठाइएको हो।

ब्रीच क्यान्डी अस्पतालका चिकित्सक डा. प्रतीत समदानीले धर्मेन्द्र उपचारमा राम्रो प्रतिक्रिया दिइरहेको जानकारी दिँदै अब उनलाई घरमै निगरानीमा राखिने बताए।

परिवारले पनि धर्मेन्द्रलाई थप स्याहार–सुसारका लागि घरमै राख्ने निर्णय गरेको छ। डिस्चार्जको खबर सार्वजनिक भएपछि उनका प्रशंसकहरू राहत र खुसी व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गरिरहेका छन्।

यसैबीच, धर्मेन्द्रकी श्रीमती हेमा मालिनी र छोरी ईशा देओलले अभिनेता धर्मेन्द्रको स्वास्थ्यबारे अनावश्यक अड्कलबाजी नगर्न आग्रह गर्दै मिडियालाई परिवारको गोपनीयताको सम्मान गर्न अनुरोध गरेका छन्।

Please Login to comment in the post!

you may also like