विश्वभरका विमानबाट आउने आटोनोमस डिस्ट्रेस ट्र्याकिङ (एडीटी) डाटा अब ग्लोबल लोकेशन अफ एन एयरक्राफ्ट इन डिस्ट्रेस रिपोजिटरी (एलएडीआर) मा प्रत्यक्ष जोडिएको छ। आईकाओ, युरोकन्ट्रोल र फ्रेन्च मिशन कन्ट्रोल सेन्टर (एमसीसी) ले आज घोषणा गरेको यो अत्याधुनिक प्राविधिक जडानले उड्डयन सुरक्षामा क्रान्तिकारी कदम चालेको छ।
आईकाओ महासचिव जुआन कार्लोस सालाजार, भन्छन्,“संकटमा परेका विमानलाई विश्वको जुनसुकै कुनामा पनि छिटो ट्र्याक गरी जीवन रक्षा गर्न यो ऐतिहासिक उपलब्धि हो”!
एलएडीआर — आईकाओको ग्लोबल एरोनटिकल डिस्ट्रेस एन्ड सेफ्टी सिस्टम (जीएडीएसएस) को मुटु — युरोकन्ट्रोलले विकास र होस्ट गरेको सुरक्षित वेब प्लेटफर्म हो। अब विमान हराए पनि हराउँदैन; अन्तिम ज्ञात स्थानको डाटा एकै ठाउँमा !
युरोकन्ट्रोलका महानिर्देशक राउल मेदिना भन्छन्,“यो एकल पहुँच बिन्दुले विश्व उड्डयनलाई संकट व्यवस्थापनमा नयाँ उचाइ दिनेछ।”
फ्रान्सको अग्रणी भूमिका
फ्रेन्च एमसीसी — कोस्पास–सार्साट कार्यक्रमको प्रमुख केन्द्र — ले युरोपदेखि विश्वभरका संकट सिग्नल समन्वय गर्छ। सीएनईएस (तुलुज) मा होस्टेड यो केन्द्रले अब एलएडीआरमा डाटा पठाउँछ, जसले खोज–उद्धार टोलीलाई मिनेटमै सूचना दिन्छ।
“फ्रान्सले जीएडीएसएसमा खेल्दै आएको अग्रणी भूमिकाको यो उज्ज्वल उदाहरण हो।”
विश्वका अन्य ५ एमसीसीहरू पनि चाँडै एलएडीआरसँग जोडिने भएकाले यो नेटवर्क अझ बलियो र भरपर्दो बन्नेछ।महाविपत्तिपछि जन्मिएको यो प्रणालीले “कुनै पनि विमान हराउन नदिने” लक्ष्य पूरा गर्दैछ!