काठमाडौं
। जेनजी अभियन्ता मिराज ढुंगानाले वर्तमान परिस्थितिमा सीधे निर्वाचनमा जान असम्भव
रहेको बताएका छन्। एक नागरिक समूहले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै
उनले मुलुकलाई स्थायी निकास दिन सर्वपक्षीय वार्ता अपरिहार्य भएको जोड दिए।
ढुंगानाले मुलुकको जटिल अवस्थालाई नटेर्ने गरी यथास्थितिबाटै निर्वाचनमा
जाने कुरा नेपाली जनताप्रति न्याय नहुने बताए।
“हामी कुनै पनि तरिकाले निकास नखोजी निर्वाचनमा जानु हुँदैन, यो जनताका
लागि फेयर हुँदैन,” उनले भने।
जेनजी
आन्दोलनको मूल अर्थलाई व्यवहारमा सावित गर्न सबैपक्षीय संवाद आवश्यक रहेको उनले स्पष्ट
पारे। उनले जेनजी पुस्तालाई पनि सोझै निर्वाचनमा जान नमान्न आग्रह गर्दै देश रोइरहेको
बेला चुनावमा जान खोज्नु आत्मनिर्णय र स्वाधीनतामाथि नै प्रश्न खडा हुने चेतावनी दिए।
“केही
नगरी निर्वाचनमा गयौं भने देश लामो समयसम्म स्वाधीन रहला भन्ने कुरा पनि प्रश्नयोग्य
हुन्छ,” ढुंगानाले भने।
उनका
अनुसार सर्वपक्षीय वार्ताबाट सहमति जुटाएर मात्रै देश निर्वाचनतर्फ जानु उपयुक्त हुनेछ।