काठमाडौ बाट सुर्खेतको लागि उडेको बुद्ध एयरको विमान उडेको २८ मिनेट पछि काठमाडौ नै फिर्ता भएको छ। प्राबिधिक कारण सो जहाज काठमाडौ नै फर्केको जनाइएको छ। सो जहाज सकुशल काठमाडौ बिमानस्थल अवतरण गरेको बिमानस्थल स्रोत ले बिजिनेस प्रेस लाई जानकारी दिए। बुद्ध १३५ उडान मार्फत सुर्खेत उडेको 9NANH एटिआर ७५ विमान मा समस्या आएको बताइएको छ। अर्को विमान मार्फत यात्रु फेरि सुर्खेत उडाइने बुद्ध एयर ले जनाएको छ।