हालका राष्ट्रपति प्याट्रिस तालनलाई भने यो संशोधन लागू हुने छैन, किनकि उनको दोस्रो कार्यकाल समाप्त हुन केवल सात महिना बाँकी छ। संशोधनले राष्ट्रपति पदका लागि दुई कार्यकालको सीमा यथावत राखेको छ।
यसैसँगै, बेनिनले पहिलोपटक सेनेट (उच्च सदन) गठन गर्ने भएको छ, जसमा २५ देखि ३० सदस्य रहनेछन्। नयाँ संवैधानिक व्यवस्थाअनुसार पूर्व राष्ट्रपतिहरू, संसदका पूर्व सभामुखहरू, संविधान अदालतका पूर्व प्रमुखहरू, तथा पूर्व सैनिक प्रमुखहरूलाई सेनेटमा समावेश गर्न सकिनेछ।
सेनेटको उद्देश्य “राष्ट्रिय एकता, लोकतन्त्र र शान्तिलाई मजबुत पार्न राजनीतिक जीवनलाई व्यवस्थित गर्ने” रहनेछ। सेनेटले नेशनल एसेम्बलीले पारित गरेका कानुनहरूको दोस्रो पुनरावलोकन माग गर्न सक्नेछ, तर वित्तीय विधेयकजस्ता केही मुद्दामा भने पुनरावलोकन गर्न पाइने छैन।
संविधान संशोधन प्रस्ताव ९० मतबाट पारित भयो, जुन आवश्यक चार–पाँचौं बहुमतभन्दा बढी हो।