नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अभियान आज (शनिबार, भदौ २१, २०८२) देखि कास्कीको रुपा गाउँपालिका–१, स्यास्त्रीस्थित शहीद पार्कबाट पुन: सुरु गर्दैछ। पार्टी अध्यक्ष प्रचण्ड पोखरामा पुगेर दिउँसो ३ बजे औपचारिक कार्यक्रममार्फत अभियानलाई अगाडि बढाउने तयारी छ। यो अभियान गत जेठ २ गते बैतडीको पाटनबाट सुरु भएको थियो तर वर्षाका कारण जेठ १२ मा पोखरामा स्थगित गरिएको थियो।
पार्टीको साउन १६ र १७ को स्थायी समिति बैठकले भदौ २१ देखि बाँकी जिल्लामा अभियान पुन: सुरु गर्ने निर्णय गरेको थियो।