• Saturday, June 21, 2025

बेलायतमा नयाँ अर्थ मन्त्रीमा रेचल रिब्ज ,केयर स्टारमरको मन्त्रीमण्डललाई पूर्णता


बेलायतका नवनियुक्त प्रधानमन्त्री केयर स्टारमरले मन्त्रिमण्डललाई पूर्णता दिएका छन्। उनले एन्जेल रेनरलाई उपप्रधानमन्त्रीको जिम्मा दिएका छन्।

यस्तै रेचल रिब्ज अर्थमन्त्री नियुक्त भएकी छिन्। रेचल रिब्ज बेलायतको पहिलो महिला अर्थमन्त्री बनेकी छिन्। यस्तै विदेश मन्त्रालयको जिम्मेवारी डेभिड ल्यामीलाई दिइएको छ। यिवेट कुपरले गृह मन्त्राी बनाइएको छ। 

जोन हेली रक्षामन्त्री बन्दा शबाना महमुदलाई न्यायमन्त्रीको जिम्मेवारी दिइएको छ । बेलायतमा लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किएको हो। 

६५० सदस्य रहेको बेलायतको संसदमा लेबर पार्टीले ४ सय १२ सिटमा जित हासिल गरेको छ । लगातार १४ वर्ष सत्तामा रहेको कन्जरभेटिभ पार्टी कमजोर अंकका साथ सत्ताबाट बाहिरिएको छ ।

Please Login to comment in the post!

you may also like