डोरी टाँग्ने काम सकिएसँगै यो वर्षको सगरमाथा आरोहण सुरु भएको छ । बाक्लो हिउँ परेकाले रोप फिक्सिङ् गर्न गाह्रो भएको सो कार्यमा संलग्न हरु बताउछन । खुम्बु आइसफल क्षेत्रमा ठूला ढुंगा र कालापत्थरले भर्याङ टाँग्न पनि कठिन भयो’ रोप फिक्सिङ्ग गर्ने 8 के समिटका शेर्पा आरोहीलाई जनाउँदै आधार शिविरबाट एक्सपीडिसन अनुगमन गर्न पुगेका पर्यटन बिभाग का अनुगमन अधिकृत ले बिजिनेस प्रेस लाइ जानाकारी दिए । 8 के एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको ढोका खोलेपछि यो वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको हो । त्यही कम्पनीबाट खटिएका पाँच जना शेर्पाले बिहीबार ल्होत्से र त्यसअघि आमादब्लम हिमालको चुचुरोमा डोरी टाँगेका थिए ।सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण सुरु भएको पर्यटन विभागका अधिकृत हरु ले पुष्टी गरे । मौसम अनुकूल रहेकाले पहिलो वीन्डमो सर्वाधिक आरोहणको अनुमान गरिएको बताइएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार हालसम्म ४४ आरोही समूहका ४२१ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । अझै एक–दुई टीम थपिने विभागको अनुमान छ । अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४५ आरोही समूहका ४२१ जनाले अनुमति लिएका थिए । सगरमाथा आरोहणबाट मात्रै ६५ करोड रोयल्टी सरकारी खातामा जम्मा भएको छ । सबै हिमालबाट करिब ७८ करोड सङ्कलन भएको छ ।