• Tuesday, March 3, 2026

रुसी सेनामा भर्ती बैतडीका मनोजसिंह भाटको युद्धमा मृत्यु पुष्टि


काठमाडौ।। रुसी सेनामा भर्ती भई रुस–युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका–७ काँडाका ३३ वर्षीय मनोजसिंह भाटको मृत्यु भएको पुष्टि भएको छ।

करिब दुई वर्षअघि रुसी सेनामा भर्ती भएका भाट केही समयदेखि सम्पर्कविहीन थिए। ‘डिएनए’ परीक्षणबाट भाटको मृत्यु भएको पुष्टि भएको जानकारी प्राप्त भएको मेलौली नगरपालिका–७ का वडाध्यक्ष रामचन्द्र भट्टले बताए।

भाटको मृत्यु कहिले भएको हो भन्ने यकिन विवरण प्राप्त नभए पनि हालै मात्र परिवारलाई उनको मृत्युको खबर दिइएको उनले जानकारी दिए।

मृतक भाटको परिवारमा आमा, बुबा, भाइ र श्रीमती छन्। भाटसँगै रुसी सेनामा भर्ना भएका मेलौली नगरपालिका–९ असुरका अर्जुनदत्त भट्टको पनि गत वैशाखमा मृत्यु भएको थियो। सोही समयदेखि मनोजसिंह भाटको खोजी भइरहेको थियो।

Please Login to comment in the post!

you may also like