• Saturday, June 21, 2025

पछिल्ला पाँच महिनामा अनारको मूल्यमा गिरावट


काठमाडौं । स्थानीय बजारमा अनारको भाउमा गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बिहीबार अनारको भाउमा गिरावट आएको देखिएको हो ।

आज बिहीबार अनारको भाउ थोकमा प्रतिकिलो १६ रुपैयाँ घटेको छ । आज अनार प्रतिकिलो ३ सय १० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो बुधबार ३ सय २६ रुपैयाँमा किनबेच भएको थियो । ५ महिनाअघि बजारमा अनार प्रतिकिलो ३ सय ५० देखि ४ सय रुपैयाँमा किनबेच भएको थियो । त्यो बेला उपभोक्ताले एक किलो अनारको भाउ ५ सयदेखि ५ सय ५० रुपैयाँसम्म तिरेका थिए । 

Please Login to comment in the post!

you may also like