• Saturday, June 21, 2025

भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना


काठमाडौ। भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना भएको छ।देहरादुनबाट केदारनाथ उडेको हेलिकप्टर आइतबार बिहान रूद्रप्रयागको गौरिकुण्डमा दुर्घटना भएको भारतीय अनलाइन पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ।

हेलिकप्टरमा पाइलटसहित र ६ जना यात्रु सवार थिए। तीमध्ये एक जना बालक रहेको पनि बताइएको छ। हेलिकप्टरमा सवार यात्रुहरूका बारेमा थप विवरण सार्वजनिक भएको छैन। आर्यन एभियसन प्रालिको उक्त हेलिकप्टर गौरीकुण्ड र त्रिजंगीनारायणको बीचमा पर्ने दुर्गम गाउँमा दुर्घटना भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

हेलिकप्टरमा सवार सातै जनाको मृत्यु भएको पनि टाइम्स अफ इन्डियाको समाचारमा उल्लेख छ।

Please Login to comment in the post!

you may also like