• Tuesday, July 8, 2025

बजेटमा सत्तापक्षकै सांसदले विराेध जनाएपछि बागमती प्रदेशसभाको बैठक स्थगन


काठमाडाैं। बागमती प्रदेशसभाको आज बिहान ११ बजे बस्ने भनिएको बैठक विशेष कारणबस स्थगन भएको छ। यही असार १६ गते दिउँसो १ बजे बस्नेगरी आजको बैठक सूचना टाँस गरी स्थगित गरिएको प्रदेशसभाका सचिव रामकुमार पौडेलले राससलाई जानकारी दिए।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सत्तापक्ष र प्रतिपक्ष दलसँगको सहमतिअनुसार असार १६ गते दिउँसो १ बजे बैठक बस्नेगरी सबै सांसदलाई सूचना सम्प्रेषण गरिएको जानकारी दिए।

गत असार १ गते प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले सरकारकोतर्फबाट आगामी आव २०८२/८३ का लागि बजेट विनियोजित गरिँदा निष्पक्ष र पारदर्शी नभएको भन्दै सत्तापक्ष दलका केही सांसद र प्रतिपक्ष दलका केही सांसदले प्रतिरोध गरेपछि बैठक नियमित बस्न सकेको छैन।

सभामुख पाठकले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदसँग सहमति जुटाउने प्रयास गरिएको जनाउँदै सहमतिअनुसार असार १६ गते दिउँसो १ बजे बैठक बस्ने उल्लेख गरे।

Please Login to comment in the post!

you may also like