• Sunday, October 19, 2025

बिमा प्राधिकरण अध्यक्ष बारेको फैसला प्रधानमन्त्री कार्यलय पुग्यो


सर्वोच्च अदालतले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सिंहदरबार, काठमाडौंलाई पत्रमार्फत दिएको छ। अदालतको मिति २०८२/०५/२३ को सुनुवाइमा ओझाले दायर गरेको रिट निवेदन (उत्प्रेषण २०८२-wo-०२५७) मा २०८२/०६/२६ सम्मका लागि विपक्षीहरूका नाममा अल्पकालीन अन्तरिम आदेश जारी भएको उल्लेख छ। अदालतले सो आदेशको प्रतिलिपि पनि पत्रसाथ पठाएको छ।यसै आदेशको आधारमा शरद ओझा नेपाल बिमा प्राधिकरणमा अध्यक्ष पदमा हाजिर भएका थिए। तर, उनको हाजिरी लगत्तै अर्थ मन्त्रालयले प्राधिकरणलाई पत्र लेख्दै ओझालाई हाजिर नगराउन निर्देशन दिएको छ। मन्त्रालयले नेपाल सरकारको २०८२/०५/०२ को निर्णयअनुसार ओझालाई प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदबाट पदमुक्त गरिएको र उनको पुनर्बहाली सम्बन्धमा हालसम्म कुनै निर्णय नभएको जनाएको छ। पत्रमा ओझालाई कुन आधारमा पदबहाली गराइएको हो, त्यसको कारण र आधार खुलाउन र पुनर्बहालीको निर्णय नहुन्जेल अध्यक्ष पदमा हाजिर नगराउन/नगराउन अनुरोध गरिएको छ।

Please Login to comment in the post!

you may also like