• Wednesday, March 4, 2026

सभामुख र राष्ट्रिय सभा अध्यक्षले भने:संविधानवादबाट बाहिर जानु हुँदैन भन्नेमा हामी दृढ छौं


सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानअनुसार अघि बढ्नुपर्ने बताएका छन्।
शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै संवैधानिक प्रक्रियाबाट निकास दिन राष्ट्रपति रामचन्द्र पौडेलले पहल गरिरहेको उनीहरूले उल्लेख गरेका हुन्।
‘विधिको शासन र संविधानवादबाट बाहिर जानु हुँदैन भन्नेमा हामी दृढ छौं,’ उनीहरूले भनेका छन्।
भदौ २३ र २४ गते जेनजीको आन्दोलन भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए भने अन्तरिम सरकार बनाउने विषयमा छलफल भइरहेको छ।

Please Login to comment in the post!

you may also like