• Tuesday, March 3, 2026

एनपीएल स्टार टिभीमा: नेपाली च्यानललाई एक्सक्लुसिभ अधिकार नदिने, एपमा मात्र सदस्यता शुल्क तिरेर हेर्नुपर्ने


काठमाडौं – यस वर्षको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता भारतीय स्टार टेलिभिजन र नेपालभित्रका विभिन्न टेलिभिजन च्यानलमार्फत प्रसारण हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार, भारतीय स्टारले सबै खेल प्रसारणको अधिकार पाएको अन्तिम निर्णय हिजो टुंगिएको हो। यससँगै नेपाली टेलिभिजनहरूलाई एक्सक्लुसिभ अधिकार दिइने छैन। क्यानले नेपालभित्र प्रसारणका लागि टेण्डर आह्वान गरेको थियो, जसको म्याद आज सकिँदैछ, तर एक दिनअघि नै एक्सक्लुसिभ नदिने निर्णय भइसकेको छ।

यसपटक सबै खेल मोबाइल एपमार्फत उपलब्ध हुनेछन्, जहाँ सदस्यता शुल्क तिरेर मात्र हेर्न सकिनेछ। गत वर्ष युट्युबमा निःशुल्क प्रत्यक्ष प्रसारण थियो, तर यस वर्ष युट्युबबाट हेर्न मिल्ने छैन। यसले टेलिभिजन पहुँचबाहिरका नेपाली दर्शक र विदेशमा रहेका नेपालीहरूलाई एपमा निर्भर बनाएको छ।

Please Login to comment in the post!

you may also like