न्यूजिल्यान्डका शक्तिशाली अल–राउन्डर जिमी निसाम पुनः नेपाल आउने भएका छन्। नेपाल प्रिमियर लिग (NPL) को दोस्रो संस्करणका लागि निसामलाई पोखरा अवेन्जर्सले अनुबन्ध गरेको हो।
यससँगै आगामी सिजनमा दर्शकहरूले निसामको आक्रमक ब्याटिङ, पावर–हिटिङ क्षमता र खेलमा ल्याउने रोचक मोड–घुम्ती फेरि एकपटक नजिकबाट हेर्ने अवसर पाउनेछन्। उनका कारण प्रतियोगितामा उत्साह र प्रतिस्पर्धा अझ प्रबलीत हुने अपेक्षा गरिएको छ।
NPL को दोस्रो संस्करण नजिकिँदै गर्दा टोलीहरूले चर्चित विदेशी खेलाडी भित्र्याउने तयारी तीव्र पारेका छन्। निसामको आगमनलाई पोखरा अवेन्जर्सका लागि महत्वपूर्ण ‘गेम–चेंजर’ मानिएको छ।