• Thursday, March 5, 2026

‘खड्का ल्याण्ड’ मा आफ्नो कुनै स्वामित्व नभएको दीपक खड्काको स्पष्टिकरण


नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्काले ‘खड्का ल्याण्ड’ भनेर चर्चामा आएको क्षेत्रमा आफ्नो कुनै स्वामित्व नभएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै उनले प्रकाशित हुँदै आएका केही समाचारहरू भ्रमपूर्ण रहेको आरोप लगाए।

खड्काले आफू हरेक विषयमा पारदर्शी र जवाफदेही भएर काम गर्दै आएको उल्लेख गर्दै राजनीतिक प्रतिशोध र चरित्रहत्या गर्ने उद्देश्यले स्काउटको जग्गा विवादसँग आफ्नो नाम जोडिएको गम्भीर आरोप लगाए। उनले भने,
‘म खुला किताबझैँ छु। पारदर्शी र जवाफदेही भएर काम गरिरहेको व्यक्ति हुँ। राजनीतिक प्रतिशोध र चरित्रहत्या गर्ने उद्देश्यले नेपाल स्काउटको विषयसँग मेरो नाम जोडिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ।’

May be an image of text

यसअघि ‘खड्का ल्याण्ड’ ले काठमाडौं लैनचौरस्थित नेपाल स्काउटको जग्गामा वर्षौँदेखि संरचना बनाएर भाडा नतिरी बसेको आरोप सार्वजनिक भएको थियो। भाडा नतिरेको र संरचना नहटाएपछि युवा तथा खेलकुद मन्त्रालय र काठमाडौं महानगरपालिकाले बिहीबार सो क्षेत्र खाली गराएर संरचनामा डोजर चलाएको थियो।

May be an image of tree and text

Please Login to comment in the post!

you may also like